न्यायपरिषद् सदस्यमा निराला नियुक्त

 

काठमाडौं, पुस २२ ।

न्यायपरिषद्को सदस्यमा लक्ष्मीबहादुर निराला नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार काठमाडौंको मित्रपार्क निवासी निरालालाई सदस्यमा नियुक्त गरेकी हुन् ।

सरकारले सदस्यका लागि सिफारिस गरेपछि आइतबार मात्रै संसदीय समितिले उनलाई सर्वसम्मत अनुमोदन गरेको थियो ।

निरालाविरुद्ध समितिमा कुनै उजुरी परेको थिएन ।

(अनलाइनखबरबाट साभार)