जलवायू परिवर्तनका कारण म्याग्दीका जंगलमा भीरमौरी लोप हुँदै
म्याग्दी, पुस २९ ।
स्वादिष्ट र शक्तिबर्धक तथा आर्युवेदिक औषधीका लागि उपयोगी मह उत्पादन गर्ने भीर मौरीका घार म्याग्दीका जंगलहरुवाट लोप हुन थालेको छ ।
म्याग्दीका चिमखोला, राम्चे, पाखापनी लगायतका भीरहरुमा रहेका भीरमौरीले अहिले वासस्थान परिवर्तन गर्न थालेपछि म्याग्दीका जंगलहरुबाट भीर मौरी लोप हुने अवस्थामा पुगेको स्थानीयले बताएका छन् ।
मानिसहरु सजिलैसँग जान नसक्ने ठूला र अप्ठ्यारा भीरमा घार बनाएर बस्ने भीरमौरी बिस्तारै हराउन थालेपछि स्थानीयमा चिन्ता बढेको छ ।
केही वर्ष अघिसम्म २५ घारसम्म हुने चिमखोलाको भीरमा अहिले ७, ८ घार मात्र सीमित रहेको भीरमहको सिकार गर्ने मोतिप्रसाद पाइजाले जानकारी दिए ।
भीरमौरी हराउँदै जानुमा जलवायु परिवर्तन र मानवीय गतिविधि मुख्य कारण रहेको भीरमहको सिकार गर्नेहरुको भनाइ छ ।
कृषकहरुले रासायनिक मलको वढि प्रयोग गर्न थालेपछि भीरमौरी लोप हुँदै जान थालेका मह शिकारीहरु बताएका छन् ।
(ईमेजखबरबाट साभार)