Breaking-सोलुखुम्बुमा जहाज र हेलिकोप्टर जुध्यो, पाइलट सहित ४ जनाको मृत्यु

पोखरा, बैशाख १ ।
सोलुखुम्बुको लुक्ला विमानस्थलमा समीट एयरको बिमान दुर्घटना भएको छ । उडान भने क्रममा जहाज पार्किङमा रहेको हेलिकप्टरसँग ठोक्किएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिए ।

आइतबार बिहान समिट एयरको प्लेन उडन लाग्दा रनवेमा रहेको श्री एयरको हेलिकोप्टरसँग ठोक्किएको हो । घटनामा पाइलट र सुरक्षाकर्मीसहित ४ जनाको मृत्यु भएको बताइएकाे छ ।

रन वेमा चिप्लिएर समिटको प्लेन श्री एयरको हेलिकोप्टरमा ठोक्किएको हो । अहिले उद्धार कार्य चलिरहेको छ । थप विवरण आउन बाँकी ।