भानुको चितुवा भगाउन देवी पुजा, रोकिएन चितुवा आतंक

तनहुँ, कार्तिक १९ ।
तनहुँको भानुमा एकपछि अर्को गर्दै चितुवाले बालबालिकाको ज्यान लिन थालेपछि तनहुँ प्रशासनले नरभक्षी चितुवा मार्ने आदेश दियो तर पनि चितुवा आतंक रोकिएन । गाउँमा शसस्त्र प्रहरी, नपाल प्रहरी लगायतका सुरक्षा निकाय र स्थानीय युवाहरुको सहभागितामा नियमित गस्ती सहित चितुवाको निगरानी भईरहेको छ । तर शनिबार र आईतबार साँझ लगातार एउटै घरमा चितुवा देखिएपछि भने स्थानीयहरु झन् त्रसित बनेका छन् ।

गाउँमा गस्ती नै गरिएपनि चितुवा नियन्त्रणमा नआएपछि स्थानीयले भने गाउँमा भएको मन्दिरमा बोका काटेर परम्परा अनुसार नै पुजा गर्ने तयारी गरे । सोही अनुरुप सोमबार वडा नं. १ मा १० वटा बोका काटेर पुजा गरियो । वडा नं. २ पनि पुजा गर्न एक दिन बाँकी हुँदा आईतबार पोखराबाट गएकी महिलाले आफुलाई देवीले पठाएको भन्दै मन्दिर भित्रै पसेर विभिन्न क्रियाकलाप गरेको स्थानीयले बताए ।

सोमबार मन्दिरमा पुजा चलिरहेको थियो त्यही वेला स्थानीय एक महिला देवी चढेको भन्दै कापिन् अनि आईपुगिन् आईतबार आएकी माता भनिएकी एक महिला । उनी आउने वित्तिकै स्थानीय माता भनिएकी एक महिला शान्त भईन् र नयाँ मातासँग भने सबैजना झुम्मिए ।
चितुवा आतकंले गाउँलेहरु आत्तिरहेको वेलामा यी यस्ता हर्कतले झन् आजित बनेका छन् ।