साथीसँगै घुम्न जाँदा किशोरीमाथि सामूहिक बलात्कार, दुई पक्राउ
रुपन्देही, असोज २५ ।
रुपन्देहीमा १६ बर्षीय एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ७ शिवनगर सामुदायिक वनको जंगलमा १६ बर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको रुपन्देही प्रहरीले जनाएको छ ।
बुटवलमा चलिरहेको औद्योगिक प्रदर्शनी हेरेर घुम्न गएको बेला चिनेकै युवाहरुले जंगलमा लगेर किशोरीलाई बलत्कार गरेको प्रहरीले जनाएको छ । दैनिक ज्यालादारी मजदुरी गर्ने किशोरीलाई चिनजानकै युवाले दुव्र्यहार गरेको प्रहरीसमक्ष किशोरीले बयान दिएकी छन् । प्रहरीले घटनामा संलग्न २ जनालाई पक्राउ गरेको छ ।
देवदह नगरपालिका १० बस्ने बर्ष ३५ का उदय थापा र बुटवल ७ बस्ने २६ बर्षिय कृष्ण थापालाई बलत्कार अभियोगमा इलाका प्रहरी कार्यालय बुटवलले पक्रेको छ । उनीहरुलाई विहिबार प्रहरीले सार्वजनिक गरेको छ ।
किशोरीलाई बुटवल मण्डपमा चलेको मेलाबाट घुम्न भन्दै एक युवाले मोटरसाईकलमा जंगल लगेका थिए। पक्राउ परेका उदय काठको काम गर्छन भने कृष्ण गाडि स्टाफ हुन् । किशोरीले काठको काम गर्ने बुझिएको छ । मोटरसाइकलमा बसालेर जंगल पु¥याएउने युवा भने फरार छन् ।
जंगलमा पुराएपछि पक्राउ परेका कृष्ण र उदय सहितका युवाहरुले जबरजस्ती करणी गरेको पाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्ले जानकारी गराए । किशोरीले चिनेकै साथीहरुबाट त्यस्तो व्यवहार होला भन्ने अपेक्षा नगरेकाले घुम्न गएको प्रहरीले जनाएको छ ।
बेलुका सवा ७ बजेतिर घटना भएपछि पीडितले वडा प्रहरी कार्यालय रामनगर आएर प्रहरीसमक्ष गुहार मागेकी थिईन । किशोरीको उपचार पश्चात सामान्य अवस्थामा आराम गरिरहेकी छन । सो घटनामा अन्य मानिसहरुको पनि संलग्नता रहेको हुन सक्ने भएकाले अनुसन्धान जारी रहेको प्रहरी नायब उपरिक्षक मल्लले बताए ।
रुपन्देहीमा पछिल्लो समय बलत्कारका घटना बृद्धि भइरहेका छन। साउनयता रुपन्देहीमा १२ वटा जबरजस्ती करणीका घटना भएको रुपन्देही प्रहरीले जनाएको छ । यसमध्ये ९ जना पक्राउ भएका छन भने ४ जना अझै फरार छन । जबरजस्ती करणी उद्योगमा ५ वटा मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।