गण्डकी प्रदेशको लोगोमाथी उजुरी
पोखरा, असोज १७ ।
गण्डकी प्रदेशले दुईदिन अघि सार्वजनिक गरेको लोगोमाथी एकजनाले उजुरी गरेका छन् । लोगो निर्माण प्रतिश्पर्धामा सहभागी एक प्रतिश्पर्धीले आफुले बनाएको लोगोसँग मेल खाएकोले छानवीनको माग गर्दै उजुरी हालेका हुन् ।
पोखराका महेन्द्र उपाध्यायले आफैले तयार गरेको दुईवटा लोगोसँग हुबहु मिल्ने र केही कुरामात्रै थपघट गरेर लोगो तयार गरिएकोले छानवीन गर्न माग गरे । प्रदेशसभामा मैले दुईवटा लोगो पेश गरेको छु । ति दुवै लोगो मिसाएर बनाईएको लोगोलाई सार्वजनिक गरेको देख्दा अचम्म लाग्यो, उनले भने–कर्मचारीले अरुको लोगो डिजाईन हेरेर निर्माण गरेकोले मेरो परिश्रमको अवमूल्यन भएको महशुस गरेको छु । त्यसैले आवश्यक छानवीन गरियोस् ।’