गण्डकी प्रदेशको कार्यवहाक मुख्यमन्त्रीमा किरण गुरुङ

पोखरा, असोज ८ ।
गण्डकी प्रदेशको कार्यवहाक मुख्यमन्त्रीको रुपमा अर्थमन्त्री किरण गुरुङले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चीन भ्रमणमा गएपछि किरणलाई मुख्यमन्त्रीको जिम्मेवारी दिईएको हो ।

पहिलेदेखि नै प्रदेश सरकारको दोश्रो बरियताक्रमको बिषयमा आम चासो भैरहेको थियो । अहिले किरणलाई कार्यबहाक मुख्यमन्त्रीको जिम्मेवारी दिएपछि धेरैको चासो सेलाएको छ ।

पिएस काममा नफर्किने बेलासम्मका लागि उनलाई कार्यवहाक दिईएको हो । मुख्यमन्त्री असोज ९ गते भोलि चीनको हाईनान प्रान्तको भ्रमणका लागि सोमबार नै काठमाण्डौं गएका छन् । उनी असोज १५ गते नेपाल फर्किने कार्यक्रम छ ।