याैनकर्मीबारे मुख्यमन्त्री गुरुङको अभिब्यक्ति प्रति गण्डकी प्रदेशकै सांसदको विरोध
पोखरा, भदौ ३१ ।
केही समयअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौनकर्मीलाई परिचयपत्र दिएर कर लिने कुरालाई बहसमा ल्याउनुपर्ने बताएका थिए । अधिकांशले उनको अभिब्यक्तिलाई स्वागत गरे । तर केहीले भने त्यसको विरोध गरेका छन् ।
आईतबारको केन्द्रिय संसद र प्रदेश संसदमा पनि सांसदहरुले उनको अभिब्यक्तिको विरोध गरे । संघीय सांसदले मुख्यमन्त्रीको राजीनामा मागिन् भने गण्डकीका सांसद कृष्ण थापाले अभिब्यक्तिप्रति विरोध जनाए । ‘नेपाली समुदायमा अश्लिलता फैलिन सक्छ । यस्तो अभिब्यक्तिप्रति आपत्ति छ, उनले भने ।’