बन्ला त पोखरा फ्रि वाईफाई जोन ? महानगर र वर्ल्डलिंकबीच सम्झौता
पोखरा, भदौ १९ ।
पोखराका विभिन्न १० ठाउँमा फ्रि वाइफाई सेवा जोड्नका लागि सम्झौता भएको छ । पोखरा महानगरपालिकाले वल्र्डलिंकसँग सहकार्य गरेर १० ठाउँमा निशुल्क वाईफाई जोड्न लागेको हो । सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र वल्र्ड लिंक प्रालिका सिइओ केशव नेपालले हस्ताक्षर गरे । सम्झौतापत्र अनुसार पोखराको विन्ध्यवासिनी मन्दिर, महेन्द्रपुल, वडा नम्बर ५ को चिल्डे«न पार्क, बाराहीघाट, मनिपाल अस्पताल, कोमागाने अस्पताल, डेभिजफल, शिसुवा अस्पताल, बेगनासतालको मन्दरे पार्क र लायन्स सामुदायिक अस्पतालमा निशुल्क रुपमा वाइफाई सेवा उपलब्ध हुनेछ ।
सामाजिक उत्तरदायित्व अन्तगर्त वल्र्ड लिंकले पोखरा केही ठाउँमा निशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको प्रालिका सिइओ केशव नेपालले बताए । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरालाई स्मार्टसिटी बनाउने अवधारण अनुसार महानगरबासीलाई इन्टरनेटमार्फत् घरघरमै सेवा पु¥याउन महानगर लागि परेको बताए । आगामी दिनमा निशुल्क वाइफाई सेवालाई अझ विस्तार गरिने जिसीको भनाइ छ ।
तीन वर्षको लागि गरिएको सम्झौताापत्रमा वाइफाइ जडानको लागि आवश्यक पर्ने विद्युतको व्यवस्थापन महानगरपालिकाले गर्नेछ । वाइफाइ सेवा सञ्चालनको सम्पूर्ण प्राविधिकको जिम्मा वल्र्ड लिंक प्रालिको हुने र सेवा अवरुद्ध भएका जुनसुकै समयमा पनि महानगरपालिकाले सम्झौता रद्ध गर्ने सक्ने उल्लेख गरिएको छ ।