पोखराबाट ठूलो मात्रामा लागू औषध सहित १ जना पक्राउ

पोखरा, भदौ १५ ।
पोखराको हस्पीटल चोकबाट ठूलो मात्रामा लागू औषध सहित एकजना पक्राउ परेका छन् । लागू औषध ओसापसार गरी विक्रि वितरण गरिरहेको गोप्य सूचनाका आधारमा कास्की प्रहरीले लागू औषध सहित एकजनालाई पक्राउ गरेको हो ।

बिशेष टोलिले पोखराको बगर बस्ने ४५ बर्षका राजबर दावनलाई पक्राउ गरेको हो । उनको साथबाट १ सय थान डाइजापाम, १ सय थान बुप्रिनर्फिन र १ सय थान फेनेरागन बरामद गरेको छ । उनलाई थप अनुसन्धानका लागि लागू औषध मुद्धामा म्याद थप गरी प्रक्रिया अघि बढाईएको छ ।