बन्दले पोखरा ठप्प ! चलेनन् गाडी, खुलेन बजार

पोखरा, साउन २९ ।
नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको असर पोखरामा पनि पूर्ण रुपमा परेको छ । केही फाट्टफुट्ट मोटरसाईकल र अत्यावश्यक गाडीहरु बाहेक सार्वजनिक यातायात ठप्प छ । पोखराका मुख्य बजार पूरै बन्द छन् ।

स्कुल तथा कलेजहरु पनि चलेका छैनन् । पोखरा सुनसान छ । आजै गुरुङहरुको महान चाड ट्होंटे पर्व भएकोले बन्द फिर्ता लिन आग्रह गरिएपनि फिर्ता भएको छैन । नेकपाका प्रबक्ता खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड) लाई पक्राउ गरिएको आक्रोसमा नेपाल बन्द घोषणा गरिएको हो ।

प्रकाण्डको रिहाई नभएसम्म आन्दोलन चलिरहने विप्लव समूहले जनाएको छ ।