डेढबर्षपछि फेरियो पोखरा लेखनाथ महानगरको नाम, लेखनाथ हटाउने सरकारको निर्णय

पोखरा, साउन २३ ।
पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाईएको छ । बुधबारको मन्त्रीपरिषद् बैठकले महानगरको नाम पोखरा कायम गर्ने निर्णय गरेको हो ।

मन्त्रीपरिषद्बाट निर्णय भैसकेको र तत्कालै राजपत्रमा निस्किएपछि पोखरा लेखनाथबाट पोखरा मात्रै नाम कायम हुनेछ । पोखराको तेश्रो नगरसभाबाट निर्णय गरेर नाम हटाउने प्रश्ताव मन्त्रीपरिषद्मा सिफारिस गरिएको हो ।

नाम परिवर्तन नगर्न लेखनाथबासीले सुरुदेखि नै दवाव दिँदै आएपनि नाम लामो भएको भन्दै नगरसभाका सदस्यहरुको अत्यधिक बहुमतले नाम छोट्याउन प्रश्ताव गरेको थियो । कार्यपालिका बैठकमा पनि दुईजना वडाध्यक्ष बाहेक सबैले यसमा समर्थन जनाएका छन् ।