१६ दिनदेखि पोखराबाटै बेपत्ता भए तामाङ

पोखरा, साउन ९ ।
पोखराबाट एक बृद्ध बेपत्ता भएका छन् । गएको मंगलबार रातीदेखि बेपत्ता भएका हुन् । तल्लो गगनगौंडा बस्ने ६५ बर्षका कालु तामाङ घर नजिकै छोरीको घरबाट बेपत्ता भएका हुन् ।

‘छोरीको घरमा जानुभएको थियो । हामी उतै हुनुहोला भनेर ढुक्क भयौं । उतापटिका पनि घर जानुभयो होला भनेर बस्नुभएछ, परिवारका एक सदस्यले भने–भोलिपल्ट पो कतैपनि नभएको थाहा भयो ।’

उनी केही महिनाअघि पनि ३ दिन बेपत्ता भएका थिए । जंगलबाट खोजेर फर्काएको परिवारले जनाएको छ । धेरै ठाउँमा खोजी गर्दा पनि फेला नपरेकोले फेला परे खवर गरिदिन सबैसँग परिवारले आग्रह गरेका छन् ।