गण्डकी प्रदेशको नयाँ जिल्ला नवलपुर, सदरमुकाम कावासोती

पोखरा, साउन २ ।
राज्य पुनर्संरचनाको बेला नवलपरासी जिल्लालाई टुक्र्याएर दुईवटा प्रदेशमा मिलाईएको थियो । जसको आधा भाग प्रदेश ५ र बाँकी गण्डकी प्रदेशमा पर्छ । गण्डकी प्रदेशतर्फको भागलाई नवलपुर कायम गर्न प्रदेश सरकारले नेपाल सरकारसँग आग्रह गरेको छ ।

‘जिल्लाको अहिलेसम्म नाम नै छैन । नवलपुर सुस्तापुर्व भनेर सम्बोधन भैरहेको थियो, सरकारका प्रबक्ता रामशरण बस्नेतले भने–अव एउटै नाम नवलपुर हुन्छ । सदरमुकाम कावासोती तोक्न सिफारिस गरेका छौं ।’ सदरमुकाममा आवश्यक संरचना निर्माण गर्न पनि सरकारसँग प्रश्ताव गरेको छ ।