वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

काठमाण्डौँ, असार ४ ।

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित न्युरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।

लामो समय बेलायतमा उपचार गराएका डा. देवकोटा निको नहुने भएपछि आफ्नै देशमा प्राण त्याग गर्ने चाहना अनुसार नेपाल फर्किएका थिए । उनको चाहना अनु्सार गत हप्ता गृहजिल्ला गोरखा लगिएको थियो ।