कास्कीमा पहिलो रेकर्ड–गाईले एकैवेतमा तीनवटा बाच्छी पायो
पोखरा, जेठ २९ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकमा एउटा गाईले एकै वेतमा तीनवटा वाच्छी पाएको छ । स्थानीय गणेश ढकालको घरमा पालेको जर्सी गाईले सोमवार तिम्लाह वाच्छी पाएको हो । सामान्यत गाई÷भैँसीले एउटामात्र पाउने गरेको भएपनि तिम्लाह जन्माएपछि आश्चर्य रुपमा लिईएको छ ।
गाईले सामान्य रुपमै तीनवटा वाच्छी पाएपनि एउटा भने ३ घण्टापछि मरेको र वाँकी दुईवटा भने सामान्य रहेको माछापुच्छ्रे गाउँपालिकाका पशु शाखा प्रमुख राजेन्द्र लामिछानेले जानकारी दिए । कहिलेकाहीँ जुम्ल्याहा पाउने गरेको भएपनि तीनवटा पाउनु पहिलो रेकर्ड भएको उनको भनाई छ ।
वरिष्ठ पशु चिकित्सक ठगेन्द्रप्रसाद अर्यालले सामान्यत उर्घाउने पशु समुहमा गाईभैसीले एक पटकमा एउटै मात्र जन्माउने गरेको र कहिलेकाँही जुम्लाह जन्मेपनि तिम्लाह पाउनु असामान्य भएको वताउँछन् । ‘म ३४ वर्षदेखी यो क्षेत्रमा काम गर्दै आएको छु । यो मेरो पहिलो जानकारी हो।’ अर्यालले भने–सामान्य अवस्थामै गाईभैँसीले तिम्लिया पाएको जिल्लामै पहिलो पटक हो । अन्यत्र पनि यस्तो जानकारी पाईएको छैन ।’
गर्भाधानको क्रममा वहरको करोडौँ शुक्रहिटहरु तीनवाट डिम्वहरुमा परिपक्व भएर सेचन भएको र भ्रुण पाठेघरमा प्रवाहित हुँदा तिमिल्या जन्मिएको ढकाल वताउँछन् । अहिले ढकालको घरमा रहेको माउ वाच्छी हेर्नेहरुको भिड लागेको छ । ढकालले पुरुन्चौरवाट गत वर्ष दुध दिँदै गरेको अवस्थामा गाई किनेर लगेका थिए । गाईले अहिले दैनिक १० लिटर दुध दिएको उनी वताउँछन् ।
फोटो-कृष्ण दवाडी