लोकगायक बसन्त थकालीको शनिबार एकल साँझ हुने

 

पोखरा, वैशाख १३ ।

लोकगायक बसन्त थकालीको शनिबार पोखरामा एकल साँझ हुने भएको छ । बसन्त मिलन फाउण्डेसनको आयोजनामा वैशाख १५ गते शनिबार पोखरा उद्योग वाणिज्य संघमा अपराह्न ३ः३० बजेबाट थकालीको एकल साँझ कार्यक्रम हुने बिहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

एकल साँझमा थकालीले करिब १६ वटा नयाँ तथा पुराना गीतहरु प्रस्तुत गर्नेछन् । कलाकारहरुको प्रमोट गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रवेश निःशुल्क गरिएको थकालीले जानकारी दिए । करिब २ घण्टा चल्ने कार्यक्रमबाट संकलित रकमले समाज विभिन्न ठाउँमा सहयोग गरिने थकालीले बताए ।

कार्यक्रममा सहभागीतका लागि थकालीले सम्पूर्ण पोखरेलीले आग्रह गरेका छन् । २५÷३० वटा गीत गाईसेकेका थकालीको घर त मेरो पोखरा, मेरो तलबले पुगेन लगायतका गीत चर्चामा छन् ।