सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघमा बास्तोला

पोखरा, बैशाख १३।
गुणस्तरीय शिक्षाका लागि विद्यालय सुशासन, जिम्मेवार र सक्षम विद्यालय व्यवस्थापनको मूल मन्त्र सहितको सामुदायिक विदालय व्यवस्थापन समिति महासंघ नेपालको प्रदेश नं. ४ को भेलाबाट दामोदर बास्तोलाको अध्यक्षतामा आठ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ।
नव गठीत कार्य कार्यसमितिको सचिवमा माधव भट्टराई (तनहुँ) त्यसै गरी सदस्यहरुमा नारायण प्रसाद श्रेष्ठ (बाग्लुङ), शिव बहादुर रानाभाट (कास्की), अर्जुन प्रसाद खरेल (बाग्लुङ), गिरीराज गौतम (पर्वत), तोयानाथ शर्मा भुषाल (पर्वत), प्रभाष पराजुली (कास्की) रहेका छन्। पन्ध्र सदस्यीय कार्य समितिका लागि बाँकी पदमा अर्काे भेलाबाट मनोनयन हुने केन्द्रिय उपाध्यक्ष रामजी प्रसाद कोइरालाले बताए।
प्रमुख अतिथि महासंघका केन्द्रिय महासचिव गुणराज मोक्तानले भेलको उद्घाटन गरेका कार्यक्रममा प्रदेश संयोजक पवित्रा घिमिरे, केन्द्रिय उपाध्यक्ष रामजी प्रसाद कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रमको संञ्चालन सचिव माधव भट्टराइले गरेका थिए।