फागुन २५ र २६ गते नेपाल बन्दको घोषणा (पर्चाबाटै यस्तो धम्की)

पोखरा, फागुन २३ ।
नेपाल बन्द भएको केही दिनमा फेरी नेपाल बन्द हुने भएको छ । पूर्व जनमुक्ति सेना रञ्जित गुरुङको समुहले फागुन २५ र २६ गते नेपाल बन्दको आहन गरेको हो । उक्त समुहले ४ बुँदे माग राख्दै बन्दको आहन गरेको हो ।
जनयुद्ध र जनआन्दोलनका घाईतेलाई निःशुल्क उपाचार, पुर्व राष्ट्रिय सम्मान सहितको पेन्सनको व्यवस्था लगाएतका माग सहित बन्द आह्वान गरिएको हो । फागुन २५ र २६ गते हुने बन्दको अवज्ञा गरे कार्वाही गर्ने पर्चामा उल्लेख छ । यस्तो संस्था आधिकारीक हो या होइन भन्ने निश्चित भैसकेको छैन ।