ओलीलाई हटाएर माधवलाई बनाईयो नेकपाको अध्यक्ष

पोखरा, पुस ७ ।
पार्टीभित्र चरम विवाद सिर्जना भएपछि ओली र माधव–प्रचण्ड पक्षबीच पानी वारावार सुरु भएको छ । मंगलबार दुवै पक्षले छुट्टाछुट्टै बैठक बसेर आफ्नै निर्णय गरेका छन् ।

एक तिहाई केन्द्रिय सदस्य लिएर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रबक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई तोके । उनले नयाँ केन्द्रिय सदस्य थपे र पार्टीको महाधिवेसनको मिती तोके ।

उता बरिष्ठ नेता माधव नेपाल र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अध्यक्षबाट ओलीलाई हटाएर नेपाललाई नयाँ अध्यक्ष घोषणा गरे । वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेको प्रश्ताव सर्वसम्मतिले पारित भएको हो ।