नेकपा स्थायी समितिः बिहीबार १० जनाले धारणा राखे

 

काठमाडौं, पुष ३ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बिहीबार बसेको स्थायी समिति बैठकमा १० जनाले आ–आफ्नो धारणा राखेका छन् ।

झलनाथ खनाल, माधवकुमार नेपाल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, चक्रपाणि खनाल, भीम आचार्य, किरण गुरुङ र विष्णु रिमालले राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि धारणा राखेका हुन् ।

सचिवालयका सदस्यहरुमध्ये महासचिव विष्णु पौडेलले धारणा राख्न बाँकी रहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

महासचिव पौडेलले आउँदो शनिबार बस्ने बैठकमा आफ्नो विचार राख्ने र त्यसपछि अध्यक्ष पुष्पकमल दाहालले सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिएर बैठक समापन गर्ने श्रेष्ठले बताए ।

राजनीतिक प्रतिवेदन तथा विधान संशोधनबारे उठेका प्रश्नको जवाफ र संशोधन गर्नुपर्ने बुँदाकाबारेमा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नका लागि शुक्रबार बैठक नबस्ने जनाइएको छ ।(ईमेजखबरबाट साभार)