कास्कीको चुनावः बैकल्पिक पार्टीको बेहाल

पोखरा, मंसिर १६ ।
पछिल्ला बर्षहरुमा पूराना राजनीतिक शक्तिले देश परिवर्तन गर्न नसकेको गुनासो सहित साझा र विवेकशील पार्टी खुल्यो । उनीहरुले आफुलाई बैकल्पिक शक्तिको रुपमा दावी गरिरहेका छन् । तथापी कास्की २ का मतदाताले उनीहरुलाई पत्याएनन् । साझाले १ हजार मत समेत कटाउन सकेन भने विवेकशीलले १ सय मत पनि ल्याएन ।

अघिल्लो पटक दुवै दल मिलेर चुनावमा होमिँदा ८ सय मत कटाएको थियो । साझाले त्यो भन्दा बढी मत ल्यायो तर राजनीतिक ‘कोर्ष चेञ्ज’ गराउन सकेन । आफुलाई बलियो गरी उभ्याउन समेत नसकेको साझाले पार्टीले अहिले ९ सय ४२ मत पायो भने विवेकशीलले ७७ मत पायो ।