साढे एक बजेसम्म कास्की–२ मा ४५ प्रतिशत मत खस्यो

 

पोखरा, मंसिर १४ ।

कास्की क्षेत्र नं. २ को प्रतिनिधिसभाको उपचुनावमा दिउँसो साढे १ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।

प्रमख जिल्ला अधिकारी रमेश केसीले दिउँसो साढे १ बजेसम्म ४५ प्रतिशत मतदान भएको जानकारी दिए ।

कास्की–२ उपचुनाव हुन लागेको प्रतिनिधिसभाको एउटा मात्रै क्षेत्र हो । यस क्षेत्रका सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उपचुनाव हुन लागेको हो ।

उपचुनावमा ७१ हजार ८७१ जना मतदाता रहेका छन् ।