काँग्रेसबाट निर्वाचित वडाध्यक्ष नेकपा प्रबेश गरे

बैतडी, मंसिर ११ ।
बैतडीमा नेपाली कांग्रेसबाट पालिकाको चुनावमा निर्वा्चित वडाअध्यक्ष नेकपामा प्रवेश गरेका छन् । डिलाशैनी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेका हुन् ।

बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ४ भटनामा मंसिर १० गते नेकपाले गरेको चुनावी सभामा वडाअध्यक्ष धामीसँगै १५ जनाले नेकपामा प्रवेश गरेको अनेरास्ववियुका सचिवालय सदस्य गोविन्द गिरीले जानकारी दिए ।

नेकपाले मंसिर १४ गते हुने उप–चुनावलाई लक्षित गर्दै केन्द्रीय नेताको सहभागितामा चुनावी सभा गर्दै आएको छ । चुनावी सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका सुदूरपश्चिम सहसंयोजक एवं पूर्वमन्त्री भानुभक्त जोशीले बैतडीको पुर्चौँडी क्षेत्रमा एक वर्षभित्रै विद्युतीकरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । यसका साथै पुर्चौँडी क्षेत्रमा अस्पताल स्थापनाका लागि पनि सरकारले पहल गर्ने नेता जोशीले आश्वासन दिए ।

पुर्चौँडीमा भएको चुनावी सभामा नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज नरेन्द्र कुँवर, बैतडीबाट निर्वा्चित संघीय सांसद दामोदर भण्डारी, जिल्ला अध्यक्ष सुरेन्द्र पाल, प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्ट र नेता परमानन्द भट्टलगायतको उपस्थिति रहेको थियो ।

नवप्रवेशीहरुलाई नेपाल कम्युनिष्ट पार्टीका सुदूरपश्चिम सह–संयोजक एवं पूर्वमन्त्री भानुभक्त जोशी, नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज नरेन्द्र कुँवरलगायतका नेताहरुले स्वागत गरेका थिए ।