राप्रपा मुस्ताङका अध्यक्ष हिराचनको हृदयघातबाट निधन

पोखरा, कार्तिक २७।
राष्ट्रिय प्र्रजातन्त्र पार्टी (राप्रपा) का मुस्ताङ जिल्ला अध्यक्ष भूपेन्द्र हिराचन (राजु) को निधन भएको छ । घरमै बसिरकोका उनको हृदयघात भएपछि उपचारका लागि गण्डकी मेडिकल कलेजमा राखिएको थियो ।

उपचारकै क्रममा उनको निधन भएको परिवार श्रोतले जनाएको छ । भूपेन्द्र्र पूर्व यातायातमन्त्री स्व. नरबहादुर हिराचनका छोरा हुन् । नरबहादुरको पनि अघिल्लो बर्ष निधन भएको थियो ।