रवीन्द्रको जन्मथलो पुगेर सुरू गरिन् विद्याले चुनाव प्रचार

पोखरा, कार्तिक २२ ।
कास्की–२ की सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उमेदवार विद्या भट्टराईलबअ‍े बिहीबारबाट चुनाव प्रचार सुरू गरेकी छन् । बिहीबार बिहान दिवङ्गत मन्त्री रवीन्द्र अधिकारीको जन्मथलो भरतपोखरी पुगेर भट्टराईले चुनाव प्रचार सुरू गरेको विद्यार्थी नेता रश्मी आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार बिहीबारबाट कास्की–२ मा नेकपाले चुनावी गतिविधि तीव्र पारेको छ । ‘बिहीबारबाट घरदैलो सुरू भएको छ,’ आचार्यले भने, ‘बिहीबार ८७ वर्षीय पूर्णकुमारी आचार्य र ८५ वर्षीय वैकुण्ठनाथ आचार्यबाट आर्शीवाद लिएर वहाँले घरदैलोको आरम्भ गर्नुभयो ।’