कास्की २ उपनिर्वाचनः मनोनयन आज, केन्द्रीय नेतृत्वले सम्बोधन गर्ने

पोखरा, कार्तिक २१ ।
कास्की २ प्रतिनिधिसभा उपचुनावका लागि आज मनोनयन हुँदैछ । यसका लागि सबैजसो राजनीतिक पार्टीले उम्मेदवार घोषणा गरिसकेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले रवीन्द्रपत्नी विद्या भट्टराईलाई नै उम्मेदवार बनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पूराना नेता खेमराज पौडेललाई उम्मेदवार तोकेको छ । अघिल्लो चुनावमा नेकपाका उम्मेदवार स्व. रवीन्द्र अधिकारीले काँग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय मतान्तरले पराजीत गरेका थिए । अहिले पनि यिनै दुई पार्टी बीच प्रमुख प्रतिश्पर्धा हुने देखिन्छ ।

यस्तै, समाजवादी पार्टीले धर्मराज गुरुङलाई उम्मेदवार बनाएको छ भने साझा पार्टीबाट रजनी केसी चुनाव लड्दैछिन् । विवेकशीलको प्रतिनिधित्व जमुना शर्माले गर्नेछिन् भने राप्र्रपाबाट रोमबहादुर भण्डारीले प्रतिश्पर्धा गर्नेछन् ।

देशभरीमै एउटामात्रै प्रतिनिधिसभा सदस्यको चुनाव हुन लागेका कारण धेरैको ध्यान यही क्षेत्रमा केन्द्रीत छ । त्यसैले मनोनयनकै दिन सबैजसो राजनीतिक पार्टीबाट केन्द्रीय नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम छ । नेकपाका लागि प्रदेशका सहईन्चार्ज तथा सांसद खगराज अधिकारी, प्रदेश अध्यक्ष हितराज पाण्डे, गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । शुक्रबार केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत केन्द्रीय नेताहरुले चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

काँग्रेसका केन्द्रीय उपसभापति विमलेन्द्र निधि पोखरा आउने कार्यक्रम छ भने साझा पार्टीका संयोजक रवीन्द्र मिश्र स्वयम् पोखरा आएका छन् । विवेकशीलका पनि अध्यक्ष मिलन पाण्डे पोखरामै छन्् । राप्रपाका कमल थापा केहीबेरमा पोखरा आईपुग्नेछन् ।

नेकपाले पार्टी कार्यालयबाट ¥याली निकालेर पृथ्वीचोक, सीर्जनाचोक, रत्नचोक हुँदै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोेनयन दर्ता गर्नेछ भने काँग्र्रेसले सभागृहचोकबाट ¥याली निकाल्ने छ । राप्रपाले पनि पृथ्वीचोकबाट ¥याली निकाल्दै छ ।

तस्विरः अघिल्लो चुनाव जितेपछि नेकपाले निकालेको बिजय ¥याली । सँगै रहेको अब्यवस्थित विजुलीका पोल र तार । यो अहिलेसम्म पनि ब्यवस्थित हुन सकेको छैन ।