नवनियुक्त गण्डकी प्रदेशका प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण
पोखरा, कार्तिक २० ।
नवनियुक्त गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पदबहाली गरेका छन् । उनले पोखरा शहिदचोक स्थित गण्डकी प्रदेश प्रमुखको कार्यालयमा पुगि पदभार ग्रहण गरेका हुन् ।
उनले पदभार ग्रहण गर्दै नेपालको संविधान अनुसार काम गर्ने बताए । उनले सत्ता बाहिर रहेका दलहरु सगँ मिलेर काम गर्ने बताए । देशमा विभिन्न खाले समस्याहरु अगाडी रहेको भन्दै त्यसलाई सबै मिलेर हल गर्ने उनले बताए ।
उनलाई स्वागतका लागि पोखरा विमानस्थलमा गण्डकी प्रदेशका कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, गण्डकी प्रदेशका सभामुख, कर्मचारी, दलका प्रतिनिधिहरुले स्वागत गरेका थिए ।
उनलाई प्रदेश कार्यलयमा नेपाली सेनाले सलामी दिँदै स्वागत गरेको थियो ।
मंगलबार राष्ट्रपति विद्यादेवि भण्डारीसँग सपथ ग्रहण शेरचन बुधबार पोखरा आएका हुन् ।