करेन्ट लागेर ३ जनाको मृत्यु !
धनुषा, असोज ८ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । एकै परिवारका दुई जनासहित तीन जनाको मृत्यु भएको हो प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा स्थानीय शिवकुमार महतो, उनका श्रीमती र एक कामदार रहेका छन् । महतोले पुर्वेली स्टाफ होटल सञ्चालन गरेका थिए । सोही होटलमा सुतिरहेका महतो, उनकी श्रीमती र कामदारको करेन्ट लागेर मृत्यु भएको प्रहरीको भनाई छ ।
घरमा सुतिरहेका बेला विद्युत सर्ट भएपछि तार जलेर तल खस्दा उनीहरुलाई करेन्ट लागेको प्रहरीको अनुमान छ । विहान ढिलोसम्म होटल नखोलेपछि स्थानीयले गएर हेर्दा मृत भेटेका थिए ।