एक रातको रेट कति ?
काठमाण्डौं, भदौ १० ।
साउन २९ गते, बुधबार
स्थानः काठमाडौँ, सुन्धारा
समयः साँझ ६ बजे
सुन्धारा जाने बाटोमा भएका दुई आकाशेपुलमा मानिसको भीड अत्यधिक थियो। त्रिपुरेश्वरपट्टिको पुलमा फुटपाथ पसलेहरू इयरफोन र मोबाइलका ग्लासजस्ता सामान फिँजाएर बसेका थिए ।
पुलमा पाँचछ जना युवती यताउता गरिरहेका थिए । केहीले सलले मुख छोपेका थिए भने केहीले मास्क लगाएका थिए । एक युवतीले जिन्स पाइन्टमा क्रप टिसर्ट लगाएकी थिइन्। अर्की एक जनाले स्कर्ट र सेतो सर्ट लगाएकी थिइन् । पुलमा ओहोर–दोहोर गरिरहेका उनीहरू पुलमा अडेस लागेर बसेका पुरुषको नजिक जाँदै कुराकानी गरिरहेका थिए ।
एक जना पुरुषसँग उनीहरूले के कुरा गरिरहेका छन् भनेर चासो राखियो, ‘यिनीहरू को हुन् ? तपाईंलाई के भने?’ अकमकाएर उनले भने, ‘केही होइन । ‘जाने हो’ भनेर सोध्दै थिए ।’
पुलको छेउमा आड लागेर बसिरहेका ती दुई युवतीसँग ग्राहक बनेर सोधियो– ‘कति हो नि रेट ?’
‘१५ सय,’ एउटीले भनिन् ।
‘एक रातको ? अनि कहाँ जाने ? हाम्रोमा कि तपाईंकोमा ?’
‘एक रातको होइन, एक पटकको १५ सय । जाने भए हाम्रैमा जाने हो ।’
‘प्रहरीको डर हुँदैन ?’
‘नजिकै हो । यही धरहरा भत्किएको पछाडि । कोठा हो आफ्नै । कसैले केही गर्दैन ।’
‘हामीलाई लुट्नुभयो भने नि ?’
‘त्यस्तो केही हुँदैन । विश्वास भए जाम् । नभए धेरै ल्याङ–ल्याङ नगर्दा हुन्छ ।’ त्यसपछि उनीहरू अन्यत्र लागे ।
सोही दिन
स्थानः रत्नपार्क, महानगरीय प्रहरी वृत्तनजिकै
समयः साँझ ८ बजे
महानगरीय प्रहरी वृत्तनजिकैको आकाशेपुलमा चार जना पुरुष गफिँदै उभिइरहेका थिए । उनीहरू सबै २५–३० वर्षका देखिन्थे । पुलमा छिटफुट मानिस हिँडिरहेका थिए । केही समयपछि उनीहरू भएको ठाउँमा दुई युवती देखापरे। उनीहरूमध्ये एकले सर्ट र स्कर्ट लगाएकी थिइन् ।
अर्की एक जनाले सर्ट–प्यान्ट लगाएकी थिइन् । एक जनाको हातमा गाढा नीलो रङको ब्याग झुण्डिरहेको थियो । उनीहरू त्यहाँका पुरुषहरूसँग गफिन थाले । एक युवतीले ब्यागबाट चुरोट झिकेर सल्काइन् । केही नजिक पुगेपछि उनीहरूको कुरा सुनियो । उनीहरू रात कहाँ बिताउने भन्नेबारे कुराकानी गरिरहेका थिए ।
एक जना पुरुष सोधिरहेका थिए– ‘यहीँ बागबजारको गेस्टहाउसमा जाम् । तिमीहरूका अरू साथी छन् भने पनि बोलाऊ ।’
उनीहरूको कुराकानी सुन्दा कति पैसामा जाने भन्ने रेट अगाडि नै तय भइसकेको लाग्थ्यो । एक युवतीले भनिन्, ‘गेस्टहाउसमा डर हुन्छ । हामी बस्ने होस्टेलमा जाऊँ । त्यहाँ अरू केटीहरू पनि छन् ।’
‘उनीहरूको रेट कति हो नि ?’ एक युवकले सोधे ।
‘सबैको एउटै हो । एक पटकको २५ सय । छिटो भन्नुस, जाने कि नजाने ?’ एक युवतीले भनिन् ।
‘जाने हो,’ ती युवाले भने, ‘तर, होस्टेल कहाँ नि ?’
‘बुद्धनगर,’ महिलाले जवाफ फर्काइन् ।
दुई युवाले आ–आफ्ना पर्सबाट निकालेर पाँच हजार रुपैयाँ युवतीको हातमा राख्दै भने, ‘अरू होस्टेल पुगेर काम भएपछि दिउँला ।’ त्यहाँबाट छ जनाको टोली बागबजारतिर लाग्यो ।
पूरा समाचार यसमा पढ्नुस्