मगर संघ अन्नपूर्णमा रनबहादुर
पोखरा, भदौ ५ ।
नेपाल राष्ट्रिय मगर संघको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा नरबहादुर पुनमगर निर्वाचित भएका छन् । विहिबार भएको भेलाले उनको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा मनबहादुर आलेमगर, सचिवमा रामबहादुर पुनमगर र कोषाध्यक्षमा तेजमाया पुनमगर निर्वाचित भए ।
समितिको सदस्यहरुमा डिलबहादुर आलेमगर, लिलादेवी पुनमगर, जीतबहादुर पुनमगर, नरबहादुर पुनमगर, श्रीबहादुर पुनमगर र थमनबहादुर पुनमगर छन् ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिका अध्यक्ष यूवराज कुवँरले अधिकारका लागि एकता अतिआवश्यक हुने बताए । अधिकार प्राप्तीका लागि सबै समूह एकताबद्ध हुनुपर्ने उनको भनाई छ ।
मगरसंघ कास्कीका उपाध्यक्ष महाविर थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा सहजीकरण भरत गुरुङले गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्रिय मगर संघको गण्डकी सभापति पदमबहादुर पुन, सदस्य चन्द्रप्रकाश थापामगर लगायतले बोलेका थिए ।