किन घटुवा भयो माधव नेपालको वरीयता ?

काठमाण्डौं, भदौ २ ।
नेकपाभित्र तेस्रो वरीयतामा रहेका वरिष्ठ नेता माधव नेपाललाई घटुवा गरी झलनाथ खनाललाई बढुवा गरिएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीको वरीयताक्रममा अब केपी शर्मा ओली, प्रचण्डपछि खनाल र त्यसपछि नेपाल रहनेछन् । त्यहीअनुसार संसदमा नेताहरुको सिटपनि हेरफेर हुनेछ ।

गतवर्ष पार्टी एकीकरणको बेला तेस्रो नम्बरमा नेपाललाई राखिएको थियो । तत्कालीन एमालेमा नेपालभन्दा खनालको वरियताक्रम पछि थियो । पार्टी एकता घोषणा हुँदा खनाल चीनमा थिए ।

फर्केपछि उनले आफ्नो वरियता घटाइएको भन्दै पटक पटक असन्तुष्टि पोख्दै आएका थिए । त्यही विषय उनले शुक्रबारको बैठकमा पनि प्रवेश गराएका थिए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।