त्रिसुलीमा बस खस्यो, ३ जनाका मृत्यु, १४ को उद्दार

काठमाडौँ, साउन २४ ।

सर्लाहीबाट काठमाडौं जादै गरेको बस आज बिहान त्रिशुली नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने तीन जना पुरुष रहेको र उनीहरुको परिचय नखुलेको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार वैदवारले जानकारी दिए ।

उनका अनुसार १४ जनालाई उद्दार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। बसको अधिकांश भाग नदीमा डुबेको र नदीमा पानीको वहाव अत्यधिक भएकाले उद्दारमा कठिनाइ भइरहेको एसपी वैदवारले बताए ।

बसमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन। ना ६ ख ७४६९ नम्बरको बस धादिङको वेनिघाट रोराङ गाउँपालिका ३ सोलाङघाटमा विहान सवा ३ बजे त्रिशुली नदीमा खसेको हो।

अहिलेपनि उद्दार कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । (थाहाखबरबाट साभार)