पहिरोमा पुरियो स्काभेटर, चालकको मृत्यु
पोखरा, साउन १७ ।
गोरखामा स्काभेटर पुरिँदा चाललको मृत्यु भएको छ ।
सिरानचोक गाउँपालिका १ भुण्टेखोला नजिकै नयाँ बाटो खन्ने क्रममा माथीबाट पहिरो खसेर स्काभेटर पुरिएको हो । दुर्घटनामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाका २० बर्षिय रमेश तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोका कारण स्काभेटर सडकबाट ४० मिटर तल खसेको छ । तामाङको हात मात्रै देखिएकोले अहिले उद्धार गर्न सक्ने अवस्था नरहेको गोरखाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।
जौवारी र धारापानीका प्रहरीले स्थानीय सँग मिलेर उद्धारको पहल गरिरहेका छन् ।