पोखराको पाताले छाँगोमा खसेका किशोरको चार दिनपछि उद्धार

पोखरा, साउन ९ ।
पोखराको डेभिजफल्स र फुस्रेखोलाको दोभानको खोल्सामा माछा मार्न गएका एक किशोरको ४ दिनपछि उद्धार गरिएको छ । ४ दिन पहिला माछा मार्न गएका १६ वर्षीय अञ्जन सुनार खोल्सामा खसेका थिए ।

खोल्सामा खसेका उनको बिहीबार सशस्त्र प्रहरी गण पोखरामा कार्यरत प्रहरी उपरीक्षक राजेन्द्र विष्टको टोलीले उद्धार गरेको हो । अञ्जनको अहिले गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ ।