कोठामा लगेर सामूहिक बलात्कार गरेको आरोपमा २ पक्राउ

बर्दिया, साउन ८ ।
प्रहरीले सामूहिक करणीको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । बर्दियाको बढैयाताल गाउँपालिका ८ पशुपति बजार बस्ने वर्ष २४ का अशोक सुनार र स्याउली बजार बस्ने वर्ष २२ का श्रीधर थापा मगरलाई प्रहरीले पक्रेको हो ।

अशोक सुनारको कोठामा लगेर एक युवतीलाई डरधम्की दिई सामूहिक रुपमा जबर्जस्ती करणी गरेको जानकारीका आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।

पीडितको जिल्ला अस्पताल बर्दियामा स्वास्थ्य परीक्षण गराइएको छ । बर्दिया जिल्ला अदालतबाट ७ दिनको म्याद थपगरी जबर्जस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको एसपी बास्तोलाले जानकारी दिए ।