धर्म परिवर्तन गराउने थप २ जना पोखराबाट पक्राउ
पोखरा, साउन ७ ।
पोखराका विभिन्न ठाउँमबाट प्रलोभनमा पारेर धर्म परिवर्तन गराउँदै हिँड्ने थप २ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुको साथबाट बाईबल तथा क्रिश्चियन धर्मसँग सम्बन्धित प्रचार सामाग्रीहरु प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेहरुमा पासपोर्ट नं. टी के ५१५३२४१ का जापान नागरिक ३७ वर्षीय जिरो सेकिया र जापानकै पासपोर्ट नं. टी के ५१५३२४२ का रेइको सेकियालाई पोखरा ७ रत्नचोकबाट पक्राउ गरिएको हो ।
यस्तै, सोमबार पासपोर्ट नं. एम ३७४३६२०५ भएका कोरियन नागरिक ७३ वर्षीय चो युसांगलाई पोखरा ६ बाराहिचोकबाट नियन्त्रणमा लिइएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।