पोखरामा ट्याक्टरको ठक्करले एक महिला गम्भीर घाईते

पोखरा, बैशाख ३ ।
पोखरामा ट्याक्टरको ठक्करले एक महिला गम्भीर घाईते भएकी छिन् । मंगलबार साँझ पोखराको चाउथेमा ग १ त ३१५७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय ५० बर्षिया रमा खड्का घाईते भएकी हुन् । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।

चालकले मादक पदार्थ सेवन गरेको हुन सक्ने अनुमान छ । दुईवटा ट्याक्टर प्रतिश्पर्धात्मक रुपमा गुडिरहेको र एकले अर्कोलाई ओभरट्याक गर्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो । घाईतेको शरिरमा विभिन्न भागमा गम्भीर चोट लागेको छ ।

दुर्घटनापछि ट्याक्टर चालक फरार छन् । ट्याक्टर चाहीँ प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।