पोखराको लेकसाईडमा २२ बर्षिया यूवतीमाथी बलात्कार, ४ जना पक्राउ

पोखरा, बैशाख ३ ।
२२ बर्षिया यूवतीलाई बलात्कार गरेको आरोपमा पोखराको लेकसाईडबाट ४ जना पक्राउ परेका छन् । धादिङकी ति यूवती पोखरामा बस्दै आएकी छिन् । सोमबार उनीमाथी लेकसाईडको होटलमा बलात्कार भएको हो ।

पोखराको लेकसाइडमा रहेको कर्मा क्लबमा गएकी युवतीलाई लेकसाइडकै होटल द पोखरा युनाइटेडमा लगी जबरजस्ती करणी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । तनहुँ भिमाद रेसिङपाटन बस्ने २१ वर्षीय राजन गैरेसहित अन्य चार जना पक्राउ परेका हुन् ।

‘सँगै गएको र रेप भयो भन्ने आएको छ । रेप गर्नेहरु चारै जना साथी रहेछन्, बैदाम प्रहरी प्रमुख डिएसपी कोमल शाहले भने–एकजना गाईड र ३ जना तनहूँबाट आएको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । घटनाको अनुसन्धान भैरहेको छ ।’

बाटोमा हिडिरहेको अवस्थामा सोधपुछ गर्दा बलात्कार गरेको घटना बाहिर आएको उनले बताए । ‘बाटोमा हिडिरहेको बेला भेटेका हौं । सोधपुछ गर्दा बलात्कार भएको जानकारी भयो, उनले भने–सबै जनाले मापसे गरेका रहेछन् ।’