पोखरामा जीप पल्टिँदा ३ जना घाइते

पोखरा, चैत २५ ।
पोखरामा दुध बोकेको जीप पल्टिँदा ३ जना घाइते भएका छन् । घाचोकबाट दुध लिएर पोखरा आउँदै गरेको ग १ ज ५१५८ नम्बरको जीप पोखरा २५ हेमजा स्थित तुलसीघाटमा दुर्घटना भएको हो ।

जीप सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको पोखराको फिस्टेल अस्पतालमा उपचार भैरहेको छ ।