बलात्कारको आरोपमा पोखरा नगर विकास समितिका अध्यक्ष श्रेष्ठ पक्राउ
पोखरा, चैत ९ ।
पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठ र एनआइसी एसिया बैंकका पस्र्याङ शाखा प्रमुख सुवास सुवेदी बलात्कार आरोपमा पक्राउ परेका छन् । श्रेष्ठलाई बलत्कारको आरोपमा र शाखा प्रमुख सुवास सुबेदीलाई यौन दुव्र्यवहार गरेको आरोपमा वडा प्रहरी कार्यालय बैदामका प्रहरी टोलीले पक्राउ गरेको हो ।
१६ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुबै जनालाई होटलबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । छिमेकीको घरमा घरेलु कामदारको रुपमा काम गर्ने ति युवतीले प्रहरीलाई दिएको बयानका आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
कास्कीका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले उजुरी परेपछि सोधपुछका लागि जिल्ला प्रहरीका कार्यलय कास्कीमा ल्याएको बताए । उनले अनुसन्धान भइरहेको बताउँदै अहिले नै केही भन्न नमिल्ने बताए ।