पोखरामा स्कुटर नगरबसमुनी पसेपछि…..

पोखरा, चैत ८ ।
पोखराको राष्ट्रबैंक चोकमा माईक्रोले स्कूटरलाई ठक्कर दिएको छ । राष्ट्रबैंक चोकबाट ड्यामसाईड तर्फ जाँदै गरेको ग ६ प ७९०० नम्बरको स्कूटरलाई ग १ ख ५९३५ नम्बरको बसले ठक्कर दिएको थियो । ठक्कर दिएपछि केहिबेर बसका चालक फरार भएका थिए ।

तर स्कूटरमा सवार व्यक्ति सामान्य घाईते मात्र भएको थाहा पाएपछि उनी ट्राफिकको सम्पर्कमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको कन्ट्रोल रुमले जनाएको छ ।

अहिले दुबैजना मिलापत्र गरेको जनाईएको छ । ठक्कर सामान्य भएकाले स्कूटर चालकको हातमा सामान्य चोट लागेको छ ।