होली मनाउन आउँदै गर्दा मोटरसाईकल ठोकिएर पोखराका दीपकको मृत्यु

पोखरा, चैत ६ ।
होली मनाउन पोखरातर्फ आउँदै गरेका एक युवाको बुधबार धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । काठमाडौँबाट पोखरातर्फ आएको ग१३प ८०८५ नंम्बरको मोटरसाइकल र हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ४११४ नंको ट्रक बेनिघाटरोराङ गाउँपालिका–५ बेनिघाट गोमती पुलमा एकापसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।

दुर्घटनामा पोखरा महानगरपालिका–२३ का २० वर्षीय दीपक पुनमगर घाइते भएकामा उपचारका लागि काठमाडौँतर्फ लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

दुर्घटनामा घाइते सोही स्थान निवासी मोटरसाइकल चालक २१ वर्षीय सुरज अधिकारीको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।