ब्राउन सुगर सहित पोखराबाट ३ जना पक्राउ

पोखरा, चैत ५ ।
ब्राउन सुगर सहितका लागू औषध बेच्दै गर्दा पोखराबाट ३ जना पक्राउ गरेका छन् । पोखरा १२ चापापानीमा लागू औषध बेच्दै गरेको गोप्य सूचनाको आधारमा प्रहरीले ३ जनालाई पक्रेको हो ।

पक्राउ पर्नेमा सप्तरी घर भई पोखरा १२ बस्ने २१ बर्षका अजय मण्डल, सोही स्थानका २७ बर्षिय सक्षम गौतम र कोहलपुरका २२ बर्षिय सुरज सुनार छन् । उनीहरुको साथबाट ५.५ ग्राम ब्राउन सुगर, नाईट्रोभ्याट ८ ट्याब्लेट र नगद १८ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले मंगलबार म्याद थप गरी अनुसन्धान अघि बढाएको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । पछिल्लो समय दिनहुँजसो पोखरामा लागू औषध बरामद भैरहेको छ ।