सपथ नगराए अन्तराष्ट्रिय अदालत जान्छु–दीपक मनाङे
पोखरा, पुस २३ ।
म कुनै पार्टीको होईन । स्वतन्त्र उम्मेदवारले जथाभावी बोल्नुपनि हुँदैन । त्यसैले वहाँहरुलाई समय दिनुपर्छ । तर समय धेरै भैसक्यो । ५ मिनेटको काम थियो । धारा र उपधाराको बारेमा बुझ्न साढे दुई मिनेट पनि लागेन, पढ्नलाई । त्यसपछि मैले एक्स्प्लेन गरें । सभामुख ज्यू अलि सिधा हुनुहुन्छ । यत्रो दिन कुरिसक्यौं । ९ महिना त जेलमा बस्नुपर्यो । अव एक हप्ता कुर्न के हुन्छ र ?
सपथ त उहिलै गराउनुपर्ने हो । सल्लाहकारले राम्रो सल्लाह नदिएजस्तो लाग्यो । मैले अनौपचारिक भेट्दा वहाँले केही बुझाउनुभएको थियो । आफ्नो मुद्धा मैले आँफै पढेको हुन्छु । सर्वोच्च जाने कुरा मेरो होईन । सपथ लिन पाउने मेरो अधिकार छ, मैले लिन पाउनुपर्छ । जसलाई मन पर्दैन उही जान्छ सर्वोच्च ।
मैले मुख्यमन्त्री ज्यूसँग कुरा गरेको छैन किनभने यो वहाँको बिषय होईन । कतिपय कुराहरु हाम्रो नेपालमा के हुन्छ भने, किताव विमोचन कार्यक्रममा बोलाउँछन् । त्यो कार्यक्रममा जाँदा संसारका लेखकहरुको कुरा गर्ने हो । तर नेताले त्यहाँ गएर संविधानका कुरा गर्छन् । संविधानका कुरा गर्न बोलाएको होईन नि उसलाई । त्यसकारण म मुख्यमन्त्रीकोमा जानै पर्दैन । वहाँको काम नै होईन त्यो ।
त्यो त म आँफै जोकर हुन्छु । त्यसैले सर्वोच्च म जाने होईन, चित्त नबुझेको मान्छे जाने हो । उनीहरु त सर्वोच्चलाई हनुमान ढोकाको चौकी जस्तो सम्झिन्छ । यत्तिकै जान पाउँछ र ? सर्वोच्चमा जाँदा केही लिखित पत्र लानुपर्छ । कारण देखाउ आदेश गर्यो भने यहाँबाट आएकै छैन भनेर जवाफ दियो भने मलाई उल्टो तनाव हुन्छ ।
मेरो इन्टेन्सन भनेको कसैलाई राम्रो वा नराम्रो भन्दा पनि कानुनी अधिकारको कुरा हो । सवाल यो होईन, सपथ ग्रहणको कुरा छैन, यहाँ त पावर मिस यूज भैरहेको छ । निलम्बनको कुरा गर्छन्, चुनाव पछि कुनै मुद्धा लाग्यो भने हुने हो निलम्बन । तर मेरो चुनाव अघिको मुद्धा हो, मलाई किन निलम्बन हुने ? मान्छेले बुझ्दैन ।
सभामुखले केही भनेको छैन भन्छ । मिडियामा जे पायो त्यही कुरा आईरहेको छ भन्छ । हामीले शब्द पनि बोलेको छैन भन्छ । टक शोमा बस्ने भए बसौं तर वहाँले केही बोलेको छैन भन्नुभएको छ । मैले प्रदेशसभा निर्वाचनको दफा १६ बुझाईदिएको छु । निर्वाचन ऐन बमोजिम मलाई कसैले केही गर्न मिल्दैन ।
त्यसमा नैतिक पतनको कुरा छ । मेरो साधारण कुटपिटको मुद्धा हो । त्यो पनि दुई बर्ष जेल बसिसकेको मान्छे हो म । अर्को चेलिबेटी बेचविखन र कर्तब्य ज्यानको मुद्धा हो । मलाई जिन्दगीमा यस्तो कुनैपनि मुद्धा लाग्दैन । मलाई लाग्ने मुद्धा भनेको कुटपिटको मुद्धा हो ।
रिस उठ्यो भने के गर्छ मान्छेले ? जे पायो त्यही बोलेपछि अलिअलि झापड त हानिहाल्छ नि । अव ब्यापारी मान्छे लड्नै नसक्ने हुन्छ त ? बिजनेस गर्ने मान्छे भन्दैमा मलाई जे पनि गर्न मिल्छ त ? के मैले पनि हप्ता दिनुपर्यो । कि चन्दा दिनपर्यो । म किन दिने त्यसै हप्ता र चन्दा ? बरु एकदुई झापड हानिन्छ । कोहीलाई १० झापड पनि हानें होला । त्यति त हो नि कुरा । अरु के मुद्धा छ मेरो ?
सभामुखलाई मैले कुरा गर्देको छु । मेरो विचारमा वहाँ दुई सय प्रतिशत कन्भिन्स हुनुभएको छ । मेरो पद समानुपातिक हो र ? कसैले मलाई त राजदुत बनाउन लागेको जस्तो कुरा गरेको छ । कुनै संस्थाको जिएम बनाउन लागेको जस्तो गरेको छ । चुनाव जितेर आएको छु । प्रमाणपत्र मसँग छ ।
अनि उहिले जमाना ७१ सालको मुद्धा खोल्ने ? त्यो त चुनावमा खोल्नुपर्थ्यो । चुनाव जितेर आएपछि त सकियो नि । मेरो चुनाव लिगल भएन भने नेपालको पूरै चुनाव अवैधानिक हुन्छ । कारण, त्यही निर्वाचन आयोगले गरेको हो मेरो चुनाव र देशभरीको चुनाव पनि । त्यसको कमजोरीका कारण फेरि चुनाव गराउनुपर्छ र नेपालको १५ अर्व सकिन्छ ।
सपथ लिन नपाए म त अन्तराष्ट्रिय अदालत जान्छु नि । नेपालको अदालतमा किन जाने ? नेपालको अदालतमा के छ ? साढे ८ महिना एउटा रिट हाल्न लगाउँछ । १९ वटा पेसी चढायो । पेसी चढेको पनि थाहा नहुने, काटेको पनि थाहा नहुने ? त्यस्तो पनि हुन्छ ? अनि म के का लागि सर्बोच्च अदालत जाने ?
सपथ गराउनुस् । त्यसपछि कसलाई चित्त बुझ्दैन उही जान्छ अदालत । म फौजदारी संहिताको १९४ दफाको सुविधाबाट निस्किएको मान्छे हुँ । यो सुविधा त्यसले पाउँछ, जसले मान्छेले कैद काटिसकेको हुन्छ । बाहिर बसेर पनि मुद्धा लड्न पाउँछ । मेरो मुद्धा रि ओपन भयो । अव सर्वोच्चले हेर्छ, पुनराबेदन गन्नुपर्दैन ।
मलाई सर्वोच्चले हरायो भने ५ बर्ष जेल बस्ने हो । त्यसको आधा बसे पुग्छ । यस्तो भयो भने म जेल बस्नुपर्दैन । किनकी २ बर्ष म पहिले नै बसिसकेको छु । पछि ९ महिना बसेको छु । म त बढी जेल बसिसकें । घर ज्वाईं हो र मलाई जेल मात्रै लैजाने ? ससुराली लगेजस्तो गर्छ ।
बास्तविकता फरक छ । कुरा लामो गरेर फाइदा छैन । तर मैले कुरा गर्दा वहाँहरु पोजिटिभ हुनुहुन्छ । सपथ मलाई गराउनुहुन्छ भन्ने ढुक्क छ । नसके पनि सभामुखको समस्या होईन । प्रतिपक्षी दलको समस्या हो । ठीक छ, सपथ गराउन सक्नुभएन भने लिखित रुपमा दिनुस्, म अख्तियारमा जान्छु । अख्तियारमा जाँदा जो विरोधी छ, उ जेलमा जान्छ र मेरो पद आँफैलाई फिर्ता भैहाल्छ ।
अख्तियारको काम घुस खानेलाई मात्रै समाउने होईन । शक्ति दुरुपयोग गर्नेलाई पनि समात्नुपर्छ । वहाँहरुलाई पनि मैले सत्ता दुरुपयोगमा हाल्ने हो । सबै खुशी छ भनेको छ तर कानुनी समस्या भन्छ । मलाई परेको भएर कानुनका बारेमा मलाई नलेज छ, वहाँलाई परेको छैन त्यसैले नलेज नहुन सक्छ ।
कर्मचारीका कारण आज देशको हालत यस्तो छ । अहिले पनि कर्मचारीका कुरा सुनेर निर्णय गर्ने हो भने काँग्रेस र हामीबीच के फरक भयो त ? किन मान्छेले हामीलाई जिताएर पठाए ? किनकी काँग्रेसमा समस्या थियो, कर्मचारी हावी भए भनेर त हो नि । अहिले हामी पनि उनीहरुकै गफ सुन्ने हो भने के फरक भयो ?
अव मुख्यमन्त्रीसँग कुरा गर्ने भनेको छ । मेरो राजनीतिक निर्णय होईन । मेरो मुद्धा र रेशम चौधरीको मुद्धा फरक हो । मैले सजाएँ भुक्तान गरिसकेको छु । माओवादीको एकजना मेयर मसँगै जेलमा हुनुहुन्थ्यो । वहाँ छुटेर हेलिकोप्टरमा गएर नगरपालिकामा विदा दिईसक्यो । मैले विदा मागेको छैन । मैले कहाँ मनाङमा विदा देउ भनेको छैन ।
मलाई विदा चाहिएको छैन । चाँडो काम गरिदिनुपर्यो । मेरो फुर्सद छैन । काम हुन्छ । काठमाण्डौंबाट पोखरा आउँदा धेरै काम छोडेर आउनुपर्छ । घर छोडेर आउनुपर्छ । समस्या छ । त्यसैले छिटो टुंग्याईयोस् । कतिपय कुरामा समाचार लेख्नेहरुलाई पनि भ्रममा राखेको छ । यही हो क्लियर कुरा । वहाँहरु निकै पोजिटिभ हुनुहुन्छ । तर जुन मिडियामा आयो, काँग्रेसको कुरा पनि गर्यो । अनि सँगै बसौं भन्दा पर्दैन भन्छ । मेरो अगाडी काँग्रेसले पनि विरोध गर्दैन, किनकी काँग्रेसलाई थाहा छ मेरो बारेमा छ ।
सबै कुरा कानुनसम्मत गर्ने भनेको छ । त्यो कहिले गर्ने त ? चाँडो हुनुपर्यो नि । सभामुख ज्यू पनि मेजर अपरेशन गरेर बस्नुभएको छ, धेरै टर्चर दिन हुँदैन । अव टुंगिएला छिट्टै ।
(मनाङ (ख) बाट निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेसँगको कुराकानीमा आधारित)