गण्डकी प्रदेशमा आइतबार सार्वजनिक विदा

पोखरा, पुस १३ ।
गण्डकी प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । तमुहरुको मुख्य पर्व ल्होसारको अवसरमा पुस १५ गते आइतबार सार्वजनिक विदा दिईएको हो ।

शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले विदा दिने निर्णय गरेको हो । गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गर्दै विदा दिएको जनाएको छ ।