गण्डकीको यस्तो गाउँ, जहाँ बसाईसरी जानेले पाउँछन् ३० हजार भत्ता

पोखरा, मंसिर ५ ।
बसाइँसराइले गाउँ रित्तिन थालेपछि बौदीकाली गाउँपालिकाकाले जुक्ति निकाल्यो—अन्तबाट बसाइँ आउनेलाई भत्ता । बाक्लो बस्तीमा रहन चाहनेलाई ३० हजार रुपैयाँ ।

साविकका ५ गाविस गाभेर बनाइएको बौदीकलाी पुर्वी नवलपरासीका आठमध्ये सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका हो । गाउँपालिका अध्यक्ष दुर्गाहादुर राना मगरले भने, जग्गाधनी पुर्जा भएकाहरुसमेत खेतवारी बाँझै राखेर बसाइँ गएपछि जनघनत्व घट्यो, बस्ती रित्तिँदै गयो ।

सबै वडाध्यक्षको सल्लाहमा गाउँसभाबाट भएको निर्णय सुनाउँदै उनले भने, नयाँ आउनेलाई स्वागत गर्न यो उपाय उपयुक्त ठान्यौँ । गाउँपालिकाको आम्दानी बढ्दै गए भत्ता पनि बढाउँदै लैजाने योजना उनले बताए । पढ्ने राम्रो विद्यालय छैन, उपचार गर्ने अस्पताल छैन । रोजगारी छैन, गाउँमा बस्न कोहि मान्दैमान्दैन, उनले भने ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद ज्ञवालीका अनुसार वडा नं. २ को डेढगाउँमा बसाइँसरी आउनेलाई २५ हजार र वडा नम्बर ४ रुचाङ, ५ को बोबोक, ६ को नरममा बसाइँसरी आउनेलाई ३० हजार रुपैयाँ भत्ता दिने निर्णय भएको छ ।, आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।