गण्डकी प्रदेशले चीनको हाईनान प्रान्तसँग मित लाउने

पोखरा, कार्तिक ३० ।
गण्डकी प्रदेश र चीनको हाईनान प्रान्तबीच मितेरी सम्बन्ध स्थापित हुने भएको छ । शुक्रबार (आज) दुई प्रदेशबीच मित लाउने कार्यक्रम छ । बिदेशी प्रदेशसँग सम्बन्ध गाँस्ने गण्डकी पहिलो प्रदेश हो । हाईनान चीनमा सबैभन्दा तीब्र विकास गर्ने प्रान्त हो । नेपालमा चाहीँ भर्खर संघीय संरचनाको अभ्यास भएको छ । हाईनानसँग धेरै पक्षहरु सिक्न सकिने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बताउँछन् । यसकै लागि गुरुङले असोज ९ गते हाईनान प्रान्तको भ्रमण गरेका थिए । सहकार्यको लागि १५ सदस्यीय चिनियाँ टोली पोखरा आउने छ ।

मितेरी साईनोसँगै हाईनानले गण्डकीको प्राविधिक शिक्षा, ऊर्जा, पर्यटन, व्यापार र वाणिज्य तथा सांस्कृतिक क्षेत्रमा सहयोग गर्नेछ । दुई देशबीच हुने समझदारी पत्र नेपाली, अंग्रेजी र चाइनीज भाषामा तयार पारिएको छ । हाईनान टोलीसँग गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले सम्झौतापत्र (एमओयु) मा हस्ताक्षर गर्नेछिन् । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले पुनलाई सरकारको तर्फबाट प्रतिनिधी तोकेको हो ।

यसबाहेक टेक्निकल ईन्स्टिच्युट स्थापना र नेपाली विद्यार्थीहरुलाई छात्रबृत्तिमा त्यहाँका कलेज तथा विश्वाविद्यालयमा पढाउने सहमति पनि हुने सरकारका प्रबक्ता रामशरण बस्नेतले बताए । यो सम्झौतापछि हाईनानले गण्डकी प्रदेशबाट वार्षिक ४ जनाको दरले आगामी ५ वर्षसम्म २० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्यापन गराउनेछ । प्रदेशसँगै पोखरा महानगर र हाईकाओ शहरबीच पनि भगिनी सम्बन्ध गाँसिनेछ । यसपछि सौर्य ऊर्जा अवलोकनको लागि चिनियाँ टोली मुस्ताङ जानेछ । उनीहरुले त्यहाँ उर्जाको विषयमा प्रारम्भीक अध्ययन गर्नेछन् ।

विहिबारको मन्त्रीपरिषद् बैठकले नोभेम्बर २० देखि २९ गते सम्म भारतको नयाँ दिल्लीमा मुख्य न्यायधीवक्ताहरुको भ्रमणका लागि महान्यायधिकबक्ताको कार्यालयले गण्डकी प्रदेशको मुख्य न्यायधिवत्ता छनोट गरेकोले भ्रमण स्वीकृत गरेको छ । त्यस्तै नोभेम्बर २१ देखि २३ सम्म श्रृलंकाको कोलम्बोमा हुने दक्षिण एशियाको जलवायु परिवर्तन सम्बन्धी एकिकृत कानुनको विकास कार्यशाला गोष्ठीमा भाग लिन भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।