काठमाण्डौंमा ट्रकको ठक्करले गोरखाका दुईजनाको मृत्यु
काठमाण्डौं, कार्तिक ९ ।
काठमाडौंको तारकेश्वर नगरपालिका ५ लोलाङ हाइटमा शुक्रबार ट्रकको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ । लोलाङ हाइटबाट बालाजुतर्फ आउँदै गरेको ना ६ क ७८२६ नम्बरको ट्रकले पैदलयात्री अन्दाजी ६० वर्षकी तिलकुमारी तिवारी र उनका नाति ४ वर्षका आर्जित तिवारीलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।
गोरखाको बुंकोट घर भएका उनीहरु तारकेश्वर नगरपालिका ५ लोलाङ हाइटमा डेरा गरी बस्ने गरेका प्रहरीले जनाएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका उनीहरुको ग्रिन सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी सावित्री पुडासैनीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।