शुक्रबार देशभर सार्वजनिक गाडी नचल्ने

पोखरा, बैशाख २० ।
सिण्डिकेट हटाउने भन्दै सरकारले यातायात ब्यवसायी समिति खारेज गरेपछि आन्दोलित ब्यवसायीहरुले शुक्रबार देशैभरी कालो प्लेटका गाडीहरु नचलाउने निर्णय गरेका छन् । सरकारको निर्णय स्विकार्य नभएको भन्दै चरणबद्ध आन्दोलनको क्रममा शुक्रबार कालो प्लेटको गाडी नचलाउने निर्णय भएको पृथ्वीराजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्र केसीले जानकारी दिए ।

उनका अनुसार देशभर ३ सय ५ ब्यवसायी समितिका ३ लाख भन्दा बढी गाडी छन् । सबै गाडी ग्यारेजमा राख्ने र कुनैपनि गाडी नचल्ने उनले बताए । रातो, हरियो लगायत अन्य प्लेटका गाडीहरु भने चल्नेछन् ।

‘पहिलो चरणमा कालो प्लेटका गाडी रोकेर सांकेतिक आन्दोलन गरेका हौं, केसीले भने–माग सुनुवाई नभए अरु ब्यवसायीलाई पनि गाडी रोक्न लगाएर कडा संघर्ष गर्छौं ।’